आइतवारदेखि ललितपुरमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द



ललितपुर जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द गर्ने भएको छ।

शुक्रबार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँगको छलफलमा सो निर्णय भएको जनाएको छ।

‘कात्तिक २ देखि ललितपुर जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सार्वजनिक सेवा प्रवाह अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ,’ जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीको भीड अत्याधिक भई संक्रमण फैलिने जोखिम रहेका कारण सो निर्णय गरिएको प्रशासनले जनाएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार २६० पुगेको छ।

जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ५४० र मृतकको सङ्ख्या ४८ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

मुस्ताङ : हिमालपारीको जिल्ला मुस्ताङमा अत्यावश्यक कामबाहेक अन्य जिल्लाबाट गर्ने प्रवेशलाई रोक्ने निर्णय गरेको छ

काठमाडौं : यस वर्षको बडा दशैं आज (शनिबार) देखि औचारिक रुपमा समापन भएको छ ।दशमीको

धनगढी– कोरोनाबाट मृत्यु भएकी महिलाको शव गाडिएको स्थान धनगढी नगरपालिका वडा नम्बर १ स्थित कब्रस्तान

काठमाडौं : काठमाडौंस्थित धापासीमा अज्ञात समूहले छुरा प्रहार गर्दा २४ वर्षीय युवकको मृत्यु भएको छ

काठमाडौं– यसवर्षको तिहार अधिकमासका कारण झण्डै एक महिना पछाडि धकेलिएको छ । तिहारमा सयपत्री तथा

चितवन : चितवन मेडिकल कलेजमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

काठमाडौं : कोरोना संक्रमणका कारण काभ्रेका पत्रकार विष्णुप्रसाद चौलागाईँको मृत्यु भएको छ।काभ्रे पोस्टका प्रधान सम्पादक

काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ । सिडिओ

पर्सा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पर्साले गरेको भ्रष्टाचार र अनियमिताको विरुद्धमा स्थानिय युवा द्धारा सार्वजनिक

काठमाडौं– गत शनिबार तोडफोड गरिएको मस्जिद पूर्ननिर्माणमा वाडध्यक्षले अवरोध गरेको भन्दै मुस्लिम समुदाय आक्रोशित भएका

काठमाडौं– दशैंपछाडी फर्कनेहरुबाट काठमाडौं उपत्यकामा कोभिड संक्रमण झनै बढ्ने आकलन भइराखेको छ । यसलाई ध्यान

काठमाडौं– गत वर्षको दशैंको तुलनामा यो वर्ष उपत्यका छोड्ने र भित्रिनेको संख्यामा कमि देखिएको छ