चार वर्षपछि बल्ल तेस्रो किस्ता



सिन्धुली : भूकम्प गएको झन्डै चार वर्षको अवधिमा सिन्धुलीमा पुनर्निर्माणका लागि तेस्रो किस्ता रकम लानेमा १६ हजार ५८८ पुगेका छन् । पुनर्निर्माण प्राधिकरणबाट १५ हजार ७८९ र नेपाल रेडक्रस सोसाइटीबाट ७९९ ले तेस्रो किस्ताबापत्को रकम पाएका हुन् ।

सुनकोसी गाउँपालिकाको ६ मा रेडक्रस सोसाइटीबाट पुनर्निर्माणको काम हुँदै आएको छ । चैत तेस्रो सातासम्ममा दोस्रो किस्ता रकम लैजाने २७ हजार ३७९ लाभग्रागीमध्ये तेस्रो किस्ताको रकम ११ हजार कमले लगेका छन् । दोस्रो किस्ता रेडक्रसबाट ८७१ ले बुझेका थिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार गुनासो फर्स्छोटसहित जिल्लाको ९ वटा स्थानीय तहका ३७ हजार ९११ लाभग्राहीको सूचीमा रहेका छन् । ४५ प्रतिशतको हाराहारीमा भूकम्पप्रतिरोधी भवन निर्माणका लागि लाभग्राहीले तेस्रोकिस्ताको रकमसमेत लगिसकेको आयोजना कार्यान्वयन इकाईका प्रमुख देवनारायण यादवले जानकारी दिए ।

लाभग्राहीको सूचीमा परेर ३४ हजार ७७६ भूकम्पपीडित लाभग्राहीले भूकम्पप्रतिरोधी भवन निर्माणका लागि सम्झौता गरेर पहिलो किस्ताबापत्को रकम ५० हजार बुझेर लगेका थिए । तीमध्ये नेपाल रेडक्रस सोसाइटीबाट ८९५ लाभग्राहीले सम्झौता गरेका थिए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्