ला लिगामा चार खेल हुँदै : बार्सिलोनाले गेटाफेको सामना गर्दा रियलले क्याडिजको सामना गर्ने



एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) चार खेलहरु हुँदैछ । ला लिगामा रियल मड्रिड, बार्सिलोना, एट्लेटिको मड्रिड लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन् ।

रियल मड्रिडले घरेलु मैदानमा १०:१५ बजे क्याडिजको सामना गर्नेछ । रियलले ४ खेलमा ३ जित र १ बराबरी खेल्दै १० अंक जोडेको छ । यता पाँच खेलमा २ जितसहित ७ अंक जोडेको क्याडिज सातौं स्थानमा रहेको छ ।

यस्तै बार्सिलोनाले राति १२:४५ बजे गेटाफेसँग खेल्नेछ । बार्सिलोनाले ३ खेलमा ७ अंक जोडेको छ । गेटाफे ४ खेलमा ७ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

यसैगरी एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग उसैको मैदानमा साना गर्ने छ। यस्तै आजै हुने अर्को खेलमा सेभियाले ग्रानडासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्