प्रिमियर लिगमा चार खेल हुँदै : लिभरपुललाई एभर्टनको चुनौती



एजेन्सी : इंग्लिस प्रिमियर लिगमा आज (शनिबार) विभिन्न चार खेलहरु हुँदैछन् । प्रिमियर लिगमा लिभरपुल, म्यानचेस्टर युनाईटेड, चेल्सी, आर्सनल लगायतका टिमले प्रतिस्पर्धा गर्ने छन् ।

लिभरपुलले एभर्टनसँग उसैको मैदानमा नेपाली समय अनुसार साँझ ५:१५ बजे खेल्ने छ।लिभरपुल ४ खेलमा ९ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ भने एभर्टन ४ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

आजै हुने अर्को खेलमा म्यानचेस्टर सिटीले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ ।
खेल नेपाली समय अनुसार राति १०:१५ बजे सुरु हुनेछ । यस्तै चेल्सीले घरेलु मैदानमा साउथह्याम्पटनसँग ७:४५ बजे खेल्ने छ।

प्रिमियर लिग अन्तर्गत आजै हुने अर्को खेला म्यानचेस्टर युनाईटेडले न्युकासल युनाईटेडसँग खेल्नेछ ।

न्युकासलको मैदानमा हुने खेल राति १२स्४५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्