झापुटारमा खानेपानीको समस्या



तनहुँ : तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका–१ झापुटार क्षेत्रका स्थानीयवासीले खानेपानीको समस्या भोग्दै आएका छन् । तनहुँ जलविद्युत् आयोजनाको काम गर्दा र केही दिन अघि परेको वर्षातपछि गएको पहिराका कारण खानेपानीमा क्षति पुगेपछि बेलटार र झापुटार बजार क्षेत्रका बासिन्दाले पानीको समस्या भोग्नुपरेको हो ।

धारामा पानी नआएपछि बञ्चरे भन्ने स्थानबाट एक घण्टाको पैदल हिँडेर पानी ल्याउनुपरेको स्थानीय कालीमाया थापाले दुखेसो पोखिन् । “टाढाबाट पानी बोकेर घरव्यवहार चलाउन गाह्रो पो हुँदोरहेछ”, उनले भनिन् । यसक्षेत्रमा करिब ५०० घरधुरीका मानिस पानीको समस्या झेल्दै आएका छन् । स्थानीयवासीले खाँदै आएको पानीको पाइप आयोजनाको सुरुङ निर्माण गर्ने क्रममा क्षति हुँदा खानेपानी अवरुद्ध भएको हो ।

खानेपानी अवरुद्ध भएपछि आयोजनाले ट्याङ्करमार्फत वितरण गर्ने पानी टाठाबाठाले त एक दुई गाग्री पानी थाप्न पाउँछन् तर सिधासाधा त कुँवाको पानी पिउन बाध्य रहेको स्थानीय टेकबहादुर गर्जामगरले बताए । झापुटारमा निर्माणधीन तनहुँ जलविद्युत् आयोजनाले १४० मेगावट क्षमताको विद्युत् उत्पादन गर्न सुरुङ निर्माणको लागि माटो परीक्षण गर्ने क्रममा खानेपानीको मुहान र पाइपमा क्षति पुग्दा खानेपानी अवरुद्ध भएको हो ।

एक महिना अघिदेखि करिब २०० मिटर खानेपानी पाइपमा क्षति भएपछि स्थानीयवासीले खानेपानीको समस्या भोग्दै आएको दीपेन्द्र शाहीले बताए । उक्त खानेपानी क्षेत्रमा भएको क्षतिको विवरण तयारी गरी लागत इष्टिमेट गर्ने कार्य भैरहेकाले तत्काल पानी पुनः सञ्चालन गर्ने योजना रहेको उनले बताए ।

बस्तीदेखि करिब दुई किलोमिटर दुरीमा पर्ने मुर्कुलुङ खानीडाँडाबाट ल्याइएको पानीको पाइपमा क्षति पु¥याएपछि खानेपानीको समस्या भएको उनले जानकारी दिए। खानेपानीको समस्या भएपछि आयोजनाले स्थानीयवासीलाई ट्याङ्करको माध्यमबाट पानी वितरण गरेपनि पर्याप्त मात्रामा पाउन नसकेको स्थानीवासीको गुनासो रहेको छ ।

तनहुँ हाइड्रोको सहयोगमा किस्रिडी रोह्ङसिंडी खानेपानी योजना सञ्चालन हुँदै आए पनि लामो समयदेखि पानी अवरुद्ध हुँदा स्थानीयवासीले लामो दूरीबाट पानी बोकेर खानु परेको छ । आयोजनालाई पटक पटक खानेपानीको विषयमा जानकारी गराएपनि बेवास्ता गरिएकाले स्थानीयले पानीको समस्या भोग्नुपरेको बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले बताए ।

आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाको धेरै माग रहेकोले प्राथमिकताको आधारमा क्रमिक रुपमा पूरा गर्दै जाने योजना रहेको आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटाले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धरान– कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का दुई जनाको मृत्यु भएको छ। धरानका उपमहानगरका

काठमाडौं– देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम

काठममाडौं : सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। आज सरकार प्रवक्ता पार्वत गुरूङले गत कात्तिक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी मिडिया ब्रिफिङ भोलि (फूलपाति) देखि

काठमाडौं : पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई

काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख

काठमाडौं– मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले

काठमाडौं– मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोनाको

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले जनाएको छ।

पर्सा– भारत सरकारले कोरोनाभाइरस महामारी रोकथाम तथा नियनत्रणको लागि बन्द गरेको नेपाल-भारत सीमानाकाहरु खोलेको छ

काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय