आईपीएल : दिल्ली र चेन्नई भिड्दै



काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज हुने अर्को खेलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुने भएको छ। ।

सारझाँ क्रिकेट स्टेडियममा हुने खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । श्रेयस एयरको कप्तानीमा दिल्ली र महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नई मैदान उत्रने छन् ।

लिगमा आठ खेल खेलेको दिल्ली १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ । समान अंक रहेको मुम्बई तालिकाको शीर्ष स्थानमा रहेको छ ।

आजै हुने पहिलो खेलमा राजस्थान रोयल्सले रोयल्स च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्