खुलेन सुपथ मूल्यका पसल, तत्काल खोल्न प्रजिअको निर्देशन



डोटी : नेपालीहरुको महान चाड दशैँ र तिहारमा उपभोक्तालाई सहज रुपमा नुन र चिनी किन्नका लागि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड शाखा कार्यालय दिपायलले बर्सेनी खोल्दै आएको सुपथ मूल्यका पसल यो वर्ष अहिलेसम्म सञ्चालनमा ल्याएको छैन ।

जिल्लामा सुपथ मूल्यका पसलहरु सञ्चालनमा नआउँदा उपभोक्तालाई समस्या हुँदै आएको छ । सुपथ मूल्यको सामान किन्न भन्दै यहाँका नागरिक दिपायल पिपल्लास्थित साल्ट ट्रेडिङ कर्पोरेसनको शाखा कार्यालयमा आउने गरेका छन् । सुपथ मूल्यका पसल सञ्चालनमा नआएका कारण गाउँबाट दशैँ, तिहारका लागि सहुलियत दरको नुन र चिनी किन्न आउने ग्राहकहरु रित्तो हात फर्किन थालेका छन् ।

डोटीका प्रजिअ भीमप्रसाद भट्टराईले सुपथ मूल्यका पसल तत्काल चलाउन गर्न साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड दिपायल शाखालाई निर्देशन दिएको बताए । उनले भने, “गोदाममा नुन र चिनी जे जति छ, सोही अवस्था हेरेर पसल चलाउन भनेको छु, कर्मचारी पठाएर भए पनि चाडबाडमा पसल चलाउनुपर्छ ।”

उपभोक्ताको अधिकार तथा हकहितका विषयमा कसैले पनि बाहनाबाजी गरेर खेलबाड गर्न नमिल्ने भएकाले उपभोक्ताको हक अधिकारका लागि आफू कटिबद्ध रहेको समेत प्रजिअ भट्टराईले बताए ।

यहाँको बजारमा चिनी रु ९० र नुन रु ५० मा बिक्री हुने गरेको छ । विगतमा सुपथ मूल्यका पसलमा नुन रु १८ तथा चिनी रु ६५ मा बिक्री वितरण हुँदै आएको थियो । दशैँ, तिहारजस्तो महत्वपूर्ण चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्यका पसल खुल्न नसकेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । क्षेत्रीय कार्यालय धनगढीबाट चिनी अभावले नआएको हुँदा पसल सञ्चालन गर्न नसकिएको साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय दिपायलले जनाएको छ ।

चिनी नआए पनि नुन आएको र आवश्यक कर्मचारी तथा जनशक्ति अभावका कारण वितरण गर्न नसकिएको सो शाखाका कर्मचारी प्रकाश विकले बताए ।

विगतमा सुपथ मूल्यका पसल सञ्चालनमा आउँदा दैनिक सयौँ उपभोक्ताको भीड लाग्ने गर्दथ्यो । साल्ट ट्रेडिङ कर्पोरेसन क्षेत्रीय कार्यालय धनगढीका प्रमुख केशव पाण्डेले आवश्यक कर्मचारी तथा चिनी अभावका कारण दिपायल साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालयबाट सुपथ मूल्यका पसल सञ्चालन गर्न नसकिएको बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

दोलखा- दोलखामा मानिसको चाप बढेसँगै कोरोना संक्रमित बढदै गएपछि कोरोनाको संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय

काठमाडौं– प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ

धरान– कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का दुई जनाको मृत्यु भएको छ। धरानका उपमहानगरका

काठमाडौं– देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम

काठममाडौं : सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। आज सरकार प्रवक्ता पार्वत गुरूङले गत कात्तिक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी मिडिया ब्रिफिङ भोलि (फूलपाति) देखि

काठमाडौं : पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई

काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख

काठमाडौं– मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले

काठमाडौं– मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोनाको

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले जनाएको छ।