कोरोना फैलिन नदिन कटुवालबाट सन्देश प्रवाह



म्याग्दी : कोभिड–१९ को रोकथामका लागि म्याग्दीका गाउँबस्तीमा कटुवाल र माइकिङ गरेर सन्देश प्रवाह गराइएको छ । इमेल, इन्टरनेट, रेडियो, टेलिभिजन र पत्रपत्रिका जस्ता आम सञ्चारमाध्यमको सहज पहुँच नभएका दुर्गम र विकट बस्तीमा कटुवाल परिचालन गरेर कोरोनासम्बन्धी सन्देश प्रवाह गराएका हुन् ।

कटुवालहरुले अतिआवश्यक कामबाहेक शहरबजारमा नजान, भेला नगर्न, साबुनपानीले हात धुन, शहरबाट आएकालाई अलग्गै बस्न, ज्वरो, रुघाखोकी लागेमा स्वास्थ्य संस्थामा जान अनुरोध गरिरहेका छन् ।

कोरोनाका बारेमा जानकारी गराउन कटुवाल हर्कजीत विश्वकर्मालाई घोक हाल्न (सबैले सुन्ने गरी चिच्याउन) लगाएको धवलागिरि गाउँपालिका–७ धारापानीका किरण थापाले बताए । बिरामी भएर पोखरा लगिएका धारापानीका ८६ वर्षीय वृद्धलाई बिहीबार कोरोना पुष्टि भएको थियो ।

“गाउँका सबैको घरमा सञ्चारमाध्यमको पहुँच नभएकाले ज्यालाबापत सिजन अनुसारका खाद्यान्न दिने गरी उहाँलाई कटुवाल नियुक्त गरिएको छ”, थापाले भने, “गाउँमा भेला, बैठक, खोप, वन, विद्यालय, विकास निर्माणको सूचना प्रवाह गराउने आधिकारिक व्यक्ति कटुवाल नै हुन् ।”

कटुवाललाई सहज होस् भनेर अन्नपूर्ण गाउँपालिकाको वडा नं ६ को कार्यालयले एक थान ह्याड माइक उपलब्ध गराएको छ । वडाका जनप्रतिनिधिको निर्देशनानुसार सबै बस्तीमा पुगेर सूचना पु¥याउने गरेको कटुवाल पूर्ण परियारले बताए ।

घारका शिक्षक ठगराज बरुवालले कटुवालले प्रवाह गरेको सूचनालाई सबैले आधिकारिक मानेर विश्वास गर्ने गरेको बताए । म्याग्दीका प्रायः सबैजसो बस्तीमा कटुवाल राखिएको छ । गाउँमा श्रमदान, युवा, आमा, वन समूहको भेला, बैठक, खोपलगायत विभिन्न कार्यक्रम हुँदा यसैबाट सूचना प्रवाह गरिन्छ ।

गत चैतमा भएको बन्दाबन्दीको घोषणादेखि नै कटुवाल लगाएर वडा, गाउँपालिका, जिल्ला स्तरमा भएका निर्णयहरु सार्वजनिक गरिँदै आएको अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष कृष्णप्रसाद बरुवालले बताए ।

कतिपय ठाउँमा माइकिङ गरेर पनि सूचना प्रवाह गराएका छन् । सडक पुगेको बस्तीमा गाडीमा माइक राखेर कोरोना रोकथामका लागि गाउँपालिकाले तयार पारेको जिङ्गल (अडियो सन्देश) बजाएका छन् । भित्री बस्ती र सडक नपुगेका ठाउँमा कटुवाललाई परिचालन गरिएको छ ।

कटुवालको काम गर्ने व्यक्ति अधिकांश दलित समुदायका छन् । कटुवाल काम गरेबापत सामुदायिक वनलगायत आन्तरिक स्रोतबाट तलबका साथै सिजनअनुसार बालीघरे प्रथाअनुसार गाउँलेबाट धान, गहुुँ कोदो, मकै ज्याला पाउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

दोलखा- दोलखामा मानिसको चाप बढेसँगै कोरोना संक्रमित बढदै गएपछि कोरोनाको संक्रमण फैलन नदिन जिल्ला प्रशासन कार्यालय

काठमाडौं– प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीलाई कोरोना संक्रमण भएको छ

धरान– कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का दुई जनाको मृत्यु भएको छ। धरानका उपमहानगरका

काठमाडौं– देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम

काठममाडौं : सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। आज सरकार प्रवक्ता पार्वत गुरूङले गत कात्तिक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी मिडिया ब्रिफिङ भोलि (फूलपाति) देखि

काठमाडौं : पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई

काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख

काठमाडौं– मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले

काठमाडौं– मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोनाको

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले जनाएको छ।