बडादशैँको नवरात्रि शुरु, भक्तपुरको ब्रह्मायणी भक्तजनको घुइँचो



भक्तपुर : यस वर्षको बडादशैँ पर्व आज शनिबारदेखि शुरु भएको छ । आश्विन शुक्ल प्रतिपदाको दिन घरघरमा जमरा राख्दै घटस्थापना गरेसँगै यस वर्षको बडादशैँ शुरु भएको हो । यसका साथै आजदेखि नवरात्रि पनि शुरु भएको छ ।

नवरात्रिका अवसरमा नौ दिनसम्म विभिन्न शक्तिपीठहरुको दर्शन गर्ने परम्परा रहेको छ । यसै सन्दर्भमा भक्तपुरको ब्रह्मायणी शक्तिपीठमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । कोरोना भाइरसको महामारीका कारण स्थानीय प्रशासन र भक्तपुर नगरपालिकाले शक्तिपीठमा दर्शनका लागि नजान आग्रह गरे पनि सर्वसाधारण बिहानदेखि ब्रह्मायणी दर्शनका लागि पुगेका थिए ।

भक्तपुरमा नवरात्रिमा विभिन्न शक्तिपीठमा स्थान गर्ने र दर्शन गर्ने परम्परा रहेको छ । नवरात्रिको पहिलो दिन ब्रह्मायणीस्थित खोलामा स्थान गरी ब्रह्मायणीको दर्शन गरिन्छ । यस्तै दोस्रो दिन हनुमानघाटस्थित महेश्वरी मन्दिरमा मेला लाग्ने गर्दछ ।

तेस्रो दिनमा देउला टोलको बीचमा रहेको कुमारी मन्दिर मेला लाग्ने गर्छ भने चौथो दिनमा चुपिङघाटस्थित भद्रकाली मन्दिरमा मेला लाग्ने गर्दछ । त्यसैगरी दशैँको पाँचौँ दिनमा बाराही मन्दिरमा मेला लाग्छ । दशैँको नौरथामा विभिन्न नौ देवीहरुको दर्शन गर्ने प्रचलनअनुसार छैटौँ दिनमा बिहानै सिद्धपोखरीमा स्नान गरी खौमास्थित इन्द्रायणी देवीको दर्शन गरिन्छ ।

सातौँ दिनमा कालीघाट खोलामा स्नान गरी व्यासीस्थित महाकाली मन्दिरको दर्शन गरिन्छ । त्यस्तै शक्तिपीठबाहेक भक्तपुरको दरबार स्क्वायरको तलेजु र क्वाठडौँस्थित कुमारी देवगृहमा पनि मेला लागेको छ । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धरान– कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का दुई जनाको मृत्यु भएको छ। धरानका उपमहानगरका

काठमाडौं– देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम

काठममाडौं : सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। आज सरकार प्रवक्ता पार्वत गुरूङले गत कात्तिक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी मिडिया ब्रिफिङ भोलि (फूलपाति) देखि

काठमाडौं : पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई

काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख

काठमाडौं– मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले

काठमाडौं– मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोनाको

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले जनाएको छ।

पर्सा– भारत सरकारले कोरोनाभाइरस महामारी रोकथाम तथा नियनत्रणको लागि बन्द गरेको नेपाल-भारत सीमानाकाहरु खोलेको छ

काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय