शुरु भयो पर्यटकीय क्षेत्रमा चहलपहल



काठमाडौं : दशैँ नजिकिएसँगै बागलुङ कालिका मन्दिरमा पनि भक्तजन जाने क्रम बढेको छ । लकडाउनको समयभर प्रतिबन्ध लगाएकाले गत चैत, वैशाख, जेठ र असारमा मानिस गएनन् । ऐतिहासिक चैतदशैँ मेला पनि भएन ।

साउनदेखि छिटफुट जाने भक्तजनले पनि पूजा गरेनन् । अहिले पनि मन्दिरमा फूल, प्रसाद र टीकाको छुट्टै व्यवस्था गरिएको तर धार्मिकस्थल खुल्छन् भने पनि भक्तजनमा उत्साह थपिएको छ । पर्यटनमन्त्री योगेश भट्टराईले कात्तिक १ गतेदेखि देशभरका धार्मिक तीर्थस्थल खुलाउने निर्देशन गरेपछि यहाँका मठमन्दिरहरुमा चहलपहल बढेको हो ।

‘शनिबारदेखि कालिका मन्दिर खुल्छ रे ?, अब पूजा गर्न जानुपर्ला’ पर्वतको पाङ्की यमुना शर्माले भनिन्, “अहिलेसम्म गएको थिइनँ ।” सार्वजनिक क्षेत्र खुला भए पनि मन्दिर नखुल्दा धार्मिक गतिविधि नभएको उनले बताइन् ।

भक्तजनको चहलपहल तुलनात्मक बढेकाले कसरी खुलाउने भन्ने छलफल थालेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताए । सङ्क्रमणको समय भएकाले खुला गर्दा अप्ठ्यारो पर्छ कि भन्ने लागेको हो, तर अन्यत्र सबै खुला भएकाले मन्दिरमा सुरक्षित भएर पूजा गर्न लगाइयो भने खुला गर्न मिल्ला । प्रहरी र प्रशासनमा पनि यो विषयमा कुरा भएको उनले बताए ।

घटस्थापनादेखि कालिका मन्दिरमा सयौँ भक्तजन आउने गर्थे । यो वर्ष तुलनात्मक रुपमा घटे पनि आस्था राख्नेका लागि रोक्न भने नसकिने उनले बताए । सरकारले पनि धार्मिकस्थलमा सुरक्षाका मापदण्डसहित खुलाउने भनेकाले कालिकामा पनि सुरक्षा अपनाइने उनले बताए । कालिका मन्दिर मात्र नभई पञ्चकोट, शालिग्राम सङ्ग्राहलयमा पनि पर्यटक बढेका छन् । अधिकांश स्थानीय भए पनि घुम्ने र आस्थाको केन्द्रमा पुगेर पूजा गर्न खोजेको भेटिएको हो ।

लकडाउनका कारण बन्द रहेको नेपालकै लामो झोलुङ्गे पुलमा अहिले यात्रा गर्ने बढेका छन् । सम्पदामा मानिसको चहलपहल बढेपछि यहाँका रेष्टुरन्ट पनि सञ्चालनमा आउन थालेका छन् । ६ महिना बन्द होटल तथा रेष्टुरेन्टमा सरसफाइ शुरु भएको छ ।

लकडाउन खुला भएकाले व्यवसाय बढ्न थालेको होटल सङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखालले बताए । रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

धरान– कोरोना भाइरसको संक्रमणबाट सुनसरीको धरान उपमहानगरपालिका–८ का दुई जनाको मृत्यु भएको छ। धरानका उपमहानगरका

काठमाडौं– देशभर पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम

काठममाडौं : सरकारले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेको छ। आज सरकार प्रवक्ता पार्वत गुरूङले गत कात्तिक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले नियमित गर्दै आएको कोरोनासम्बन्धी मिडिया ब्रिफिङ भोलि (फूलपाति) देखि

काठमाडौं : पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटालाई कोरोना संक्रमण पुष्टि भएको छ । बास्कोटाले सामाजिक सञ्जालमार्फत आफूलाई

काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीपोखरीको ऐतिहासिक उद्घाटन भएपनि निर्माण गर्न बाँकी रहेका कामहरुलाई चरणवद्ध रुपमा अगाडी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख

काठमाडौं– मुलुकमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण जारी छ । पछिल्लो समयमा सङ्क्रमणले

काठमाडौं– मुलुकका शक्तिपीठमा कोभिड–१९ कारण यस पटक पशुबलि निकै कम हुने भएको छ । कोरोनाको

काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय गुप्तचर संस्था रअका प्रमुखलाई नभटेको सचिवालयले जनाएको छ।

पर्सा– भारत सरकारले कोरोनाभाइरस महामारी रोकथाम तथा नियनत्रणको लागि बन्द गरेको नेपाल-भारत सीमानाकाहरु खोलेको छ

काठमाडौं : कक्षा १२ को वार्षिक परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुने भएको छ। राष्ट्रिय