पछिल्लो २४ घण्टामा ३१६७ जनामा कोरोना पुष्टि, १२ संक्रमितको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३ हजार १ सय ६७ जनामा कोारोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ४ सय ३८ नमुना परीक्षण गर्दा ३ हजार १ सय ७६ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७४६ जना कोरोना संक्रमित थपिएका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ४ सय ५१, भक्तपुरमा १ सय ४३ र ललितपुरमा १ सय ५२ जनामा संक्रमण देखिएको हो। २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ७ सय २७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्