एसिडपीडित बन्दै दीपिका



एजेन्सी : पद्मावतपछि दीपिकाको मूल्य निकै बढेको छ । उनी थोरै फिल्म छानेर काम गर्न थालेकी छन् । ‘राजी’ फिल्मका निर्देशन मेघना गुलजारको नयाँ फिल्ममा दीपिकाले साइन गरेका खबर सार्वजनिक भएको छ ।

 

मेघनाको पछिल्लो फिल्म ‘राजी’ आएको थियो जसमा आलिया भट्टले लिड रोल निर्वाह गरेकी थिइन् । यो महिला प्रधान फिल्म थियो । दीपिकाले अभिनय गर्ने नयाँ फिल्म एसिडपीडित लक्ष्मी अग्रवालको कथामा आधारित हुने बताइएको छ ।

 

यो फिल्ममा दीपिकाले अभिनयको साथसाथ प्रोडक्सनको काम पनि समाल्ने भएकी छन् । लक्ष्मीलाई १८ वर्षको उमेरमा एक ३२ वर्षको युवकले एसिड प्रहार गरेका थिए । यो घटनापछि लक्ष्मीले हिम्मत गरेर एसिड प्रहार गर्ने युवकलाई सजाय दिलाइन् ।

 

उनले कयौं एसिडपीडित युवतीका लागि अभियान नै सञ्चालन गरिन् । उनको यो साहसलाई पर्दामा देखाउन दीपिका निकै उत्साहित छिन् । दीपिकाले भनिन्, ‘जब मैले यो कथा सुनेँ, मलाई निकै दुःख लाग्यो । यो केबल हिसां मात्र होइन तागत र साहस, आशा र जितको कथा पनि हो ।

 

यसले मलाई निकै प्रताडित गर्याे र यसमा फिल्म बनाउन थालेको हुँ ।’ मेघनाको अनुसार दीपिका फिल्ममा लक्ष्मीको भूमिकामा उपयुक्त छन् । फिल्मको काम चाडै सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्