स्याङ्जामा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु



वालिङ : स्याङ्जाको भिरकोट नगरपालिका–३ साम्दीमा शनिबार ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सोही ठाउँका २० वर्षीय विपिन जिटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।

ग १ त ५६३७ नंको ट्र्याक्टर अनियन्त्रित भइ सडकमै पल्टिएको थियो। ट्र्याक्टरको इन्जिनले च्यापिएर जिटीको मृत्यु भएको हो। मृतकको शव परीक्षणका लागि वालिङस्थित गह्रौँ प्राथमिक अस्पतालमा लगिएको छ।

दुर्घटनामा भिरकोट–३ का १७ वर्षीय सुनिल रिजाल घाइते भएका छन्। उनको स्याङ्जा जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्