विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड नजिक



एजेन्सी– विश्वभर कोभिड १९ बाट संक्रमितहुनेको संख्या ४ करोड पुग्न लागेको छ । पछिल्लो तथ्याङ्क अनुसार हालसम्म कोभिड १९ बाट ३ करोड ९६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । यस रोगबाट मृत्यु हुनेको संख्या ११ लाख १० हजार नाघेको छ ।

विश्वमै सबैभन्दा बढी नयाँ संक्रमित अमेरिकामा थपिएका छन् । त्यहाँ एकै दिन संक्रमित हुनेको संख्या ७० हजारको हाराहारीमा रहेको छ । यसैगरि एकै दिन मृत्यु हुनेको संख्या समेत अमेरिकामा ९ सयको हाराहारीमा रहेको छ ।

अमेरिकामा मात्र २ लाख २३ हजार बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्