अध्यक्षलाई कोरोना पुष्टि भएपछि गल्छी गाउँपालिका बन्द



धादिङ : गल्छी गाउँपालिकाले अत्यावश्यक बाहेकका सार्वजनिक सेवा बन्द गर्ने भएको छ।

गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठसमेत तीन कर्मचारी र दुई स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि कार्यालय ६ दिनसम्मका लागि बन्द गरिएको हो।

गाउँपालिकाले सबै काम बन्द गरे पनि स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिका स्वास्थ्य सहसंयोजक शिव पौडेलले बताए । गाउँपालिकामा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये तीन नेपाली सैनिक छन् ।

Image may contain: text that says 'गल्छी गाउँपालिका Galchhi Municipality गाऊँ कार्यपालिकाको कार्यालय Office Municipal Executive वैरेनी, धादिश्न Baireni, Dhading 2 पत्र सह्ख्या(F/) :೧७७/७६ चलानी नं. (RefNo.): Buenl वागमती प्रदेश, नेपाल Bagmati Province, Nepal मिति (Date) २०७७ कार्तिक ০१ सुचना यस गाउपालिकाको कार्यालयमा कार्यरत कर्मचारिहरु, जनप्रतिनिधी तथा केहि गाउँपालिका वासिहरुमा कोरोना संक्रमण पुष्ट भएकोले मिति २०७७/०७/०६ गते सम्मका लागि स्वास्थ्य सेवा वाहेकका गाउँपालिकावाट प्रदान गरिने सम्पूर्ण सेवाहरु वन्द रहने व्यहोरा सम्वन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशन गरिएको 619 मोहनकुमोर श्रेष्ठ प्रमुख प्रशासकिय अधिकृत मोहनकुमार श्रेष्ठ प्रमु्ख प्रशासकीय अधिकृत URL:www.galchhimun.gov.up WWw. galchhimun.go Scanned CamScanner 010-403192/60/56 Email info@galchimun.gov.np'
प्रतिक्रिया दिनुहोस्