पिपरामोईन सिंचाइ आयोजनाको शिलान्यास



जनकपुरधाम : धनुषाको नगराईन नगरपालिका वडा नम्बर–२ स्थित जटहिमा ३ सय ५० हेक्टर जग्गामा पिपरामोईन सिंचाइ आयोजनाको शिलान्यास गरिएको छ ।

धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र महतो र प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले आज संयुक्त रुपमा भौतिक पूर्वाधार विकास मन्त्रालयको जलस्रोत तथा सिंचाई विकास डिभिजÞन कार्यालय जनकपुरधामद्वारा निर्माण हुने सो सिंचाई आयोजनाको शिलान्यास गरेका हुन ।

No description available.

आयोजनाले नगराईन नगरपालिकाको जटही सहितका करिव ५ सय भन्दा बढि घर परिवारका गरि कुल २ हजार ८ सय जनता प्रत्यक्ष लाभान्वित हुने लक्ष्य लिएको छ । योजना पछि धान, गहुँ, तेलहन बाली उत्पादनमा बृद्वि हुने सिंचाई विकास डिभिजÞन कार्यालय जनकपुरधामका प्रमुख वरिष्ठ इन्जिनियर भगवान झाले बताए ।

उनले भने,‘योजनाको पानीको मुहान पेरेनियल अर्थात वर्ष भरि नै पानी रहने किसिमको हुने छ ।’ २२ मिटर लम्बाईको परमानेन्ट वेइर स्ट्रक्चर सहित २ किलोमिट लम्बाईको मुल नहर सहित निर्माण हुन लागेको योजना आगामि आर्थिक वर्ष २०७९÷०८० भित्र समपन्न हुने उनले बताए ।

No description available.

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोले विकास निर्माणको नाममा कांग्रेस र नेकपाले केहि गर्न नसकेको भन्दै आक्रोश पोखेका छन् ।

उनले भने,‘अहिले गणतन्त्रकै कारण नेकपाको सरकार रहेपनि कांग्रेस र कम्यूनिष्टको व्यवहार र प्रवृत्ति राजशाही जस्तै छ । जनताले गणतन्त्रको प्रत्याभूति गर्न सकेका छैनन् ।’ उनले जनताको वैकल्पिक शक्तिको रुपमा जनता समाजवादी पार्टी नै रहने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्