प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापनाको एक वर्ष पुरा



जनकपुरधाम : प्रदेश नम्बर २ सरकारले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आज (शनिबार) स्थापनाको एक वर्ष पुरा गरेको छ । शनिबार आयोजित प्रथम वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक ल्याव सहित प्रदेशका आठवटै जिल्लाका ल्याबहरुलाई अत्याधुनिक बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

No description available.

स्थापनाको पहिलो वर्षमै कोरोना महामारीको चुनौतीलाई सामना गरेको ल्याबले अगामी दिनमा अन्य रोगहरुको पहिचान गर्न सक्षम हुने विश्वास समेत उनले व्यक्त गरे । मुख्यमन्त्री राउतले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक पिसिआर परिक्षणमा पछिल्लो समयमा ल्याबले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्दै परीक्षण कार्यमा संलग्न जनशक्तिको प्रदेश सरकारले उच्च मुल्यांकन गर्ने बताए ।

No description available.

कार्यक्रममा युएनडिपीले प्रादेशिक ल्याबको लागि अटो एब्सट्रेक्सन मेसिन समेत हस्तान्तरण गरेको छ । युएनडिपीका प्रदेश २ प्रमुखले मुख्यमन्त्री राउतलाई सो मेसिन हस्तान्तरण गर्दै अगामी दिनमा थप मेसिनहरु उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।

ल्याबका निर्देशक डा।श्रवण कुमार मिश्रको अध्यक्षतामा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री नवल किशोर साह, राज्यमन्त्री अभिराम शर्मा,मुख्य न्यायाधिवक्ता दिपेन्द्र झालगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

No description available.
प्रतिक्रिया दिनुहोस्