कोरोना संक्रमित राप्रपाका अध्यक्ष थापा आइसियूमा



काठमाडौं : कोभिड १९ (कोरोना) संक्रमण भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापा ओम अस्पताल भर्ना भएका छन् ।

अध्यक्ष थापालाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रस्वासमा समेत केही असहज महसुस भएपछि अस्पताल भर्ना गरिएको ओम अस्पतालले शनिबार एक विज्ञप्ति जारी गरी जानकारी दिएको छ । अध्यक्ष थापाको अहिले ओम अस्पतालको आइसियु कक्षमा राखेर उपचार भैरहेको छ ।

उनको उपचारमा अस्पतालका मेडिकल डाइरेक्टर समेत रहेका सिनियर कन्सल्टट्यान्ट फिजिसियन डा.विश्वनाथ कोईराला, सिनियर कन्सल्ट्यान्ट पल्मोनोजोलिष्ट डा.सुबोध सागर ढकाल, कन्सल्ट्यान्ट इन्टेन्सिभिष्ट डा.प्रमेश सुन्दर श्रेष्ठ लगायतको टोली संलग्न रहेको अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । गत वुधबार स्वास्थ्य परीक्षण गर्दा अध्यक्ष थापामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जना

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् । जनमुखी

दाङ : हिजो (बिहीबार)सम्म दाङमा २८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । २१ हजार

काठमाडौं : भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारत सँगै काम गर्न आवश्यक रहेको

गुल्मी : इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।सदरमुकाम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको

काठमाडौं : १६ दिने अभियानका क्रममा गल्र्स किक र ग्लोबल एक्सन नेपालको आयोजनामा साइकल र्‍याली

काठमाडौं : यो संसारमा हरेक मानिस केही न केही सिप र कला लिएर जन्मेका हुन्छन्

काठमाडौं :सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् ।

दमौली : म्याग्दीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस आँबुखैरेनी मिलनचोकमा

काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको एक सर्वेक्षणमा एसियाका १७ देशमध्ये नेपालमा भ्रष्टाचार वृद्धिको अवस्था चिन्ताजनक

काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व उपकुलपति एवं भौतिकशास्त्री केदारलाल श्रेष्ठको