चुनावी क्षेत्र नम्बर १ स्तरीय फुटबलकप सम्पन्न



कञ्चनपुर : कञ्चनपुरको दक्षिणी भेगमा अवस्थित पुनर्वास नगरपालिकामा सञ्चालित चुनावी क्षेत्र नम्बर १ स्तरीय खुला पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल आज सम्पन्न भएको छ ।

 

प्रतियोगितामा २७ टिमको सहभागिता थियो । फाइनल उपाधिका लागि अरनिको र भानु युवा क्लबबीच खेल भएको थियो । 

 

न्यू त्रिभुवन युवा क्लबद्वारा आयोजित प्रतियोगिताको उपाधि अरनिको युवा क्लबले जितेको छ । हिजै भएको फाइनल प्रतियोगिता ३‍–३ गोलको बराबरी भएपछि समयाभावका कारण स्थगन गरिएको थियो । आज पुनः भएको खेलमा भानुलाई पन्छाउँदै अरनिको उपाधि चुम्न सफल रह्यो । 

 

विजेता समूहले नगद ५१ हजार ५१ रुपैयाँसहित मेडल प्राप्त गरको छ । त्यस्तै उपविजेता बनेको भानुले २५ हजार २५ रुपैयाँ र मेडल पाएको छ । 

प्रतिक्रिया दिनुहोस्