तस्करी गरिरहेको सालको काठ बरामद, तस्कर फरार



कैलाली : कैलालीको लम्कीचुहा नगरपालिका वडा नं ८ स्थित पथरैया सामुदायिक बन क्षेत्र बाट तस्करी गरिरहेको सालको काठ बरामद गरिएको छ ।  

गस्तीमा हिँडेका सामुदायिक बनका पदाधिकारीले शुक्रबार बिहान २ः३० बजे सालको रुख काटेर गोलिया बनाई साइकलमा राखी लैजान लागेको काठ बरामद गरेको हो । तस्करहरू भने फरार  भएको पथरैया सामुदायिक बनका अध्यक्ष भद्र विष्टले बताए । 

गस्ती टोलीले १९ दशमलव १३ क्युफिट सालको काठसहित ५ बटा साइकल, खुकुरी, बन्चरोलगायत हतियार पनि बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस्