मेलिना राई र शम्भु धितालकको आवाजमा ‘पिरतिको भिसा’ सार्वजनिक



काठमाडौं : गायक शम्भु धिताल र मेलिना राईको स्वरमा ‘पिरतीको भिसा’ युट्युबमा सार्वजनिक भएको छ । शनिबार सामाजिक सञ्जाल युट्युबमा सार्वजनिक भएको यो गीतमा लोकप्रिय गायक तथा मोडल प्रकाश सपूत, अस्मिता ढकाल, रमा थपलिया र स्वयम् गायक धितालले पनि अभिनय गरेका छन् ।

जातिय विभेदभित्रको प्रेमलाई देखाउन खोजिएको गीतको शब्द, संगीत र भिडियो निर्देशन गायक धितालले नै गरेका हुन् । गीतको एरेन्जमेण्ट चर्चित एरेन्जर कृष्ण बिकले गरेका हुन् । भिडियो लाई करन चैसिरले खिचेका हुन् भने सम्पादन प्रबिन भट्टले गरेका हुन् ।

भिडियोः

प्रतिक्रिया दिनुहोस्