नुवाकोटमा विप्लवद्वारा १३ रोपनी १५ आना जग्गा कब्जा



नुवाकोट : नुवाकोटको बेलकोटगढी नगरपालिकामा रहेको मानबहादुर लामाको १३ रोपनी १५ आना जग्गा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको छ। 

रत्नबहादुर लामाको नाममा रहेको २१ रोपनी ११ आना जग्गामध्ये कान्छो छोरा बुद्धिबहादुर लामाले अंश भागबन्डा गरी  ७ रोपनी ४ आना जग्गा आफ्नो नाममा नामसारी गरिसकेका छन्। बाँकी रहेको १३ रोपनी १५ आना जग्गा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब्जा गरेको विज्ञप्ति मार्फत जनाएको छ।

एक लाख ६० हजार मान बहादुरलाई दिएर जमिन बैंकमा छ भनी कीर्तिपुर बस्ने निराजन थापालाई बेचेर करोडौं असुली गरेर उक्त जमिनको हकदारलाई भु–माफियाले सुकुम्बासी बनाएका छन्।

विज्ञप्तिमा भनिएको छ, आफ्नो जमिन बैंकमा राखिदिन्छु भनी जालसाजी गरेर बेचविखन गर्ने भु–दलाललाई कारबाही गरि न्यायका लागि हाम्रो पार्टीलाई अनुरोध गरेकाले पीडितले न्याय नपाउन्जेल उक्त जमिन रोक्का गरि कुनै संघ संस्था र व्यक्तिलाई कारोबार नगर्न अनुरोध गरिन्छ।

साथै विज्ञप्तिमार्फत भु–माफिया सुर्जेबहादुर, उनकी श्रीमती सविता तामाङ, जग्गा किन्ने निराजन थापा र तत्कालीन सचिव किरण श्रेष्ठलाई कारबाहीको माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्