झापामा दसैंभर राति ८ देखि बिहान ५ बजेसम्म आवतजावतमा रोक



झापा : जिल्ला प्रशासन कार्यलय झापाले आज रातिदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लकडाउन घोषणा गरेको छ ।

कोरोनाको बढ्दो संक्रमण र चाडपर्वका कारण आइतबारदेखि लागू हुनेगरी राति ८ देखि बिहान ५ बजेसम्म अत्यावश्क कामबाहेक हिँड्डुल गर्न र सवारी सञ्चालन नगर्न र होटल व्ययवसाय र पसलहरु समेत बन्द गर्न भनिएको छ ।

कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्रले शुक्रबार गरेको निर्णयअनुसार संक्रामक रोग ऐन २०२० को दफा २ ले अधिकार र स्थानीय शासन ऐन २०२८को दफा ६(३)  बमोजिम यस्तो निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताएका छन्।

भेला जमघटहरुमा सहभागी नहुन र जात्रा, मेला र महोत्सव समेत नगर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्