‘स्टुडेन्ट अफ द इयर २’ को ट्रेलर सार्वजनिक



एजेन्सी : करण जोहर को फिल्म ‘स्टूडेन्ट अफ दि इयर २’ को ट्रेलर शुक्रबार सार्वजनिक गरिएको छ । १० मे मा रिलिज हुने फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । यो फिल्ममा फेरी एक पटक टाइगर श्राफको खतरनाक एक्सन हेर्न पाइनेछ ।

फिल्मको ट्रेलरमै श्राफको भरपुर एक्सनको दृश्य समावेश गरिएको छ । यद्यपि, सामाजिक सञ्जालमा भने यो फिल्मको ट्रेलरलाई लिएर नकारात्मक प्रतिक्रिया धेरै आइरहेका छन् । ट्रेलर सार्वजनिक भए लगत्तै यो फिल्म फ्लप हुने आकलन गर्न थालिएको छ । 

एक प्रयोगकर्ताले लेखेका छन्, ‘नृत्य र एक्शन प्रदर्शन गर्दा टाइगर श्राफ शानदार छन्, तर के उनी वास्तवमा एक विद्यार्थी जस्तो देखिन्छन् ?’ अर्का प्रयोगकर्ताले लेख्छन्, ‘ट्रेलर निकै नराम्रो छ ।’ सामाजिक सञ्जाल प्रयोगकर्ताले फिल्मको ट्रेलर धेरै निराशाजनक भएको प्रतिक्रिया दिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्