११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री गरिने



काठमाडौं : नेपाल राष्ट्र बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सोमबार बोलकबोल प्रक्रियामार्फत ट्रेजरी बिल बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

बिक्री हुन लागेको कूल टे«जरी बिलमध्ये रु सात अर्ब २० करोड गत वर्ष बिक्री गरिएको टे«जरी बिलको नवीकरण हो भने रु चार अर्ब नयाँ हो । केन्द्रीय बैंकका अनुसार रु चार अर्ब बराबरको टे«जरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्