सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने सरकारको तयारी



काठमाडौं: अर्थमन्त्री डा. युवराज खतिवडाले तराईका सबै जिल्लामा कर कार्यालय स्थापना गर्ने तयारी भईरहेको जानकारी दिएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा आयोजित ५३ औं वार्षिक साधारण सभाको दोस्रो सत्रलाई सम्बोधन गर्दै उनले मझौला किसिमका व्यवसायीहरु बढदै गएकाले मुलुका  जिल्लाहरुमा उद्योग व्यवसायको कामलाई सहज बनाउन सरकारले कर कार्यालय स्थापना गर्दै लैजाने विषयलाई उच्च प्राथमिकता दिएको स्पष्ट पारे  ।

अर्थमन्त्री खतिवडाले भन्सार कार्यालयहरुको पूर्वाधार विकासमा पनि जोड दिने प्रतिवद्धता दोहोर्‍याए । उनले  भन्सार कार्यालयहरुलाई सहज बनाएर व्यवसायीहरुले भोग्दै आएका विभिन्न खालको समस्या समाधान गर्न सरकार लागि परेको दावी गरे  ।

कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले रुग्न उद्योगहरुलाई आवश्यक राहत दिन सरकार प्रतिवद्ध रहेको बताए । मन्त्री यादवले थप उद्योग स्थापनाका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढन तयार रहेको बताए । 

प्रतिक्रिया दिनुहोस्