हाफ म्याराथनको तयारी पूरा



कैलाली : धनगढी जेसीजको आयोजनामा आगामी वैशाख १ गते हुने हाफ म्याराथनको तयारी पूरा भएको छ। ‘अब धनगढी दौडिन्छ’ नाम दिइएको सो म्याराथन युवालाई यस क्षेत्रको सम्रग विकासमा अग्रसर गर्ने उदेश्यले आयोजना गरिन लागेको हो।

२१.१ किलोमिटरको म्याराथनको छैटौं संस्करण पनि भब्य रुपमा सम्पन्न गर्ने आयोजकले जानकारी दिएको छ। प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने तय भएको छ।

धनगढी जेसीजका अध्यक्ष नरेन्द्र अवस्थीका अनुसार म्याराथनमा नेपाल र भारतका गरी १५ सयको सहभागी हुने बताए। आयोजकका अनुसार प्रतियोगिताका विजेतालाई ५५ हजार ५ सय ५५, दोस्रोलाई ३३ हजार ३ सय ३३ र तेस्रो हुनेलाई २२ हजार २ सय २२ नगद पुरस्कार प्रदान गरिनेछ।

धनगढीको क्षेत्रीय रंगशालादेखि सुरु हुने हाफ म्याराथन गेटा पुगेर पुनः क्षेत्रीय रंगशाला आएर समापन हुने छ। धनगढी जेसीजले सन् २०१४ देखि नयाँ वर्षको अवसरमा म्याराथन आयोजना गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्