केएमसीको तेस्रो तलाबाट हाम फालेका युवकको मृत्यु



काठमाडौं– काठमाडौं मेडिकल कलेज (केएमसी) शिक्षण अस्पतालको तेस्रो तलाबाट हाम फालेका एक युवकको मृत्यु भएको छ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ।

उनले आज बिहान ८ः४५ बजे अस्पतालबाट उनी हाम फालेका थिए। उनको नाम रोशन खड्का रहेको र उनी सोलुखुम्बुको जुगु गाउँपालिकाका बासिन्दा भएको प्रहरीले जनाएको छ।

बानेश्वरमा बस्दै आएका २६ वर्षीय युवक आइतबार साँझ अस्पताल भर्ना भएका थिए। उनको मानसिक सन्तुलन ठीक नभएको अस्पतालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्