तेक्वान्दो संघको कार्यालय बन्द



काठमाडौं : कोरोना भाइरसका कारण नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयको सचिवालय अनिश्चितकालका लागि बन्द गरिएको छ । संघले एक विज्ञप्ति जारी गर्दै सोमबारबाट अर्को सूचना जारी नभएसम्मको लागि सचिवालय बन्द गरिएको जनाएको हो।

कोरोना भाईरसको महामारी व्यापक रुपमा फैलिरहेपछि सचिवालय बन्द गरेको संघको अन्तरिक व्यवस्थापन शाखाले जनाएको छ । यस्तै संघले सचिवालय अन्तर्गत रहेका सेवाहरु इमेल वा फोनबाट गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्