प्युठान अस्पतालको बहिरङ्ग सेवा बन्द



प्युठान : प्युठान अस्पतालमा कार्यरत चिकित्सकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि अस्पतालको बहिरङ्ग विभाग सेवा बन्द गरिएको छ ।

चार चिकित्सक र आकस्मिक कक्षमा कार्यरत एक कर्मचारीलाई कोरोना सङ्क्रमणपछि ओपिडी सेवा बन्द गरिएको हो । अस्पताल व्यवस्थापन अधिकृत राजन घिमिरेका अनुसार अर्को सूचना नआञ्जेल ओपिडी, फिजियोथेरापी र डेन्टल सेवा बन्द गरिएको छ ।

सो अवधिमा अस्पतालमा आकस्मिक र प्रसूति सेवालाई भने निरन्तरता दिइने जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्