नयाँ वर्षमा टेलिकमको अफर



काठमाडौं : नेपाल टेलिकमले आफ्ना ग्राहकहरूका लागि नयाँ वर्ष २०७६ को अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।  अफरको रुपमा कम्पनीले २ सय रुपैयाँमा प्याक उपलब्ध गराउने छ ।

सो प्याकमार्फत ३ जीबी डाटा चलाउन तथा कम्पनीकै नेटवर्क भित्र २ सय मिनेट भ्वाइस कल गर्न र २ सय वटा एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ ।

प्याक २०७५ चैत ३० देखि २०७६ वैशाख २ (३ दिन) सम्म खरिद गर्न सकिने र एकपटक प्याक किनेपछि ५ दिनसम्म चल्ने बताइएको छ । ८१४१५३ डायल गरेर प्याक किन्न सकिनेछ  ।

प्रतिक्रिया दिनुहोस्