पछिल्लो २४ घण्टामा ३७९० जनामा कोरोना पुष्टि, १८ संक्रमितको मृत्यु



काठमाडौं : पछिल्लो २४ घण्टामा थप ३ हजार ७९० जनामा कोारोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ७१४ नमुना परीक्षण गर्दा ३ हजार ७९० जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । आज देशभर ४० हजार ७७८ जना सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंमा २ हजार ८, ललितपुरमा २ सय ८१ र भक्तपुरमा ९९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ३५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

यो सँगै नेपालमा ९४ हजार ५ सय १ जना संक्रमित उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १३ लाख ८ सय १८ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ४ हजार ४ सय ७० जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ७५७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्