सिके राउत प्रधानमन्त्रीका दूत : राजेन्द्र महतो 



काठमाडौं : राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले सरकारविरुद्ध आन्दोलन गर्नुको विकल्प नरहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित ११ विद्यार्थी संगठनको कार्यक्रममा नेता महतोले सरकारले दुई तिहाई जनमतको दूरुपयोग गरेकाले पनि सरकारविरुद्ध आन्दोलनमा जाने निर्णय लिनु परेको पनि स्पष्ट पारे ।

नेता महतोले रेशम चौधरीलाई सरकारले फसाएको आरोप लगाएका छन्  । नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले सिके राउतलाई आफ्नो दूत बनाएर मधेशमा पठाएको आरोप लगाए । 

 

प्रतिक्रिया दिनुहोस्