प्रदेशसभाको चौथो अधिवेशन भोलीदेखि अन्त्य हुँदै



जनकपुरधाम : प्रदेश नम्बर २ को प्रदेशसभाको चौथो अधिवेशन भोली (मंगलबार) देखि अन्त्य हुन लागेको छ ।

प्रदेशसभा सचिवालयले सोमबार एक सूचना जारी गर्दै आइतबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार मंगलबार राति १२ बजेदेखि चौथो अधिवेशन अन्त्य हुन लागेको जनाएको छ ।

मन्त्रिपरिषदको निर्णय बमोजिम चौथो अधिवेशन अन्त्य गर्न सिफारिस भए अनुसार प्रदेश प्रमुख तिलक परिवारबाट नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम मंगलवार राति १२ बजेदेखि प्रदेशसभाको चालू चौथो अधिवेशन अन्त्य हुने घोषणा गरिएको जारी सूचनामा उल्लेख छ ।

पाँचौ अधिवेशनको मिति प्रदेश प्रमुखबाट निर्देशन आए बमोजिम तय हुने प्रदेशसभा सचिवालयले जनाएको छ ।

No description available.
प्रतिक्रिया दिनुहोस्