‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक



काठमाडौं : वैशाख २० गते रिलिज हुने चलचित्र ‘दाल भात तरकारी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अमेरिका जानका लागि हुने दौडधुपलाई कमेडीको माध्यमबाट उठाइएको छ । अमेरिका जानका लागि जुनसुकै हतकण्डा अपनाउन पनि पछि नपर्ने एक परिवारको कथा यो चलचित्रमा देखाइएको छ ।

चलचित्र ‘दाल भात तरकारी’ मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेका हुन् । चलचित्रलाई सुदन केसीले निर्देशन गरेका हुन् ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियंका कार्की, पुष्प खड्का, आँचल शर्मा, बर्षा बस्नेत, किरण केसी, नरेन्द्र कंसकार, बसुन्धरा भुषाल लगायतका कलाकारको मुख्य भूमिका छ ।

चलचित्रमा मित्र डी गुरुङको सम्पादन, शम्भुजित बास्कोटाको संगीत, कविराज गहतराज र प्रविण सिंहको कोरियोग्राफी र दिर्घ गुरुङको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्