सार्वजनिक यातायातमा चैत ११ अघिकै भाडादर लागु हुने



काठमाडौं : छोटो, मध्यम र लामो दूरीका सार्वजनिक सवारी साधनमा चैत ११ गते अघिको भाडा लागू हुने भएको छ।

आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता पार्वत गुरुङले सार्वजनिक सवारीमा पूर्ण क्षमतामा यात्रु राख्न पाउने र भाडा पनि चैत ११ गते पहिलाकै भाडामात्र लिन पाउने निर्णय भएको जानकारी दिए।

यसअघि सरकारले आधा क्षमतामा यात्रु राख्न पाउने र भाडा ५० प्रतिशत बढी लिन पाउने निर्णय गरेको थियो।

त्यस्तै, आन्तरिक हवाई उडानमा पनि सोही व्यवस्था लागु गरिएको छ । आन्तरिक हवाई उडानमासमेत सिट क्षमता अनुसार यात्रु बोक्न सक्ने र भाडादर भने चैत ११ अघिकै कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्