प्रदेश २ मा सोमबार ५४ संक्रमित थपिए, ७० जना डिस्चार्ज



जनकपुरधाम : प्रदेश २ मा पछिल्लो २४ घण्टामा १८ महिला र ३६ पुरुष सहित ५४ जना नयाँ कोरोना संक्रमितहरु थपिएका छन् भने ७० जना डिस्चार्ज भएका छन् ।

योसँगै यस प्रदेशमा संक्रमितको संख्या १४ हजार ९ सय ३८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए । त्यस्तै पछिल्लो २४ घण्टामा यस प्रदेशका १७ महिला र ५३ पुरुष गरि ७० जना अस्पतालबाट डिस्चार्ज भई आ–आफ्नो घर फर्केका छन् ।

आज यस प्रदेशमा बारामा २६, धनुषामा ९, पर्सामा ५, सप्तरीमा ५, महोत्तरीमा ३, सर्लाहीमा ३, सिरहामा २ र रौतहटमा १ जना संक्रमित भएका छन् । प्रदेशमा सोमबारसम्म १२ हजार ४ सय ९४ पुरुष र २ हजार ४ सय ४४ महिला गरि जम्मा १४ हजार ९ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा सोमबार ५४ जनाको रिपोर्ट पोजेटिभ आएको झाले बताए ।
त्यस्तै सोमबार डिस्चार्ज हुनेहरुमा सप्तरीका १९, धनुषाका १, सर्लाहीका १ र पर्साका ४९ जना छन् ।

योसँगै हालसम्म यस प्रदेशमा सप्तरीका १ हजार २ सय ३१, सिरहाका ७ सय ७७, धनुषाका १ हजार ९ सय १६, महोत्तरीका १ हजार ३ सय ८४, सर्लाहीका १ हजार ८ सय ७०, रौतहटका १ हजार ९ सय २७, बाराका १ हजार २ सय ५५ र पर्साका २ हजार ६ सय १६ गरि १२ हजार ९ सय ७६ जना संक्रमितहरु डिस्चार्ज भई आ–आफ्नो घर फर्किसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेशभरीमा सोमबारसम्म सप्तरीमा १८ हजार ९ सय ४४, सिरहामा ११ हजार ३, धनुषामा १५ हजार ४ सय २२, महोत्तरीमा ७ हजार ९ सय ५४, सर्लाहीमा १४ हजार ४ सय ४०, रौतहटमा २३ हजार ४ सय ४, बारामा १२ हजार २ सय १२ र पर्सामा २७ हजार ३ सय ६२ गरि जम्मा १ लाख ३० हजार ७ सय ४१ जनाको स्वाब परिक्षण गरिएकोमा १४ हजार ९ सय ३८ जना संक्रमित भएका छन् भने १ लाख १४ हजार ६ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

त्यस्तै सप्तरीमा ८७, सिरहामा ३२, धनुषामा २ सय ४०, महोत्तरीमा १ सय, रौतहटमा ८९, बारामा १ सय ५९ र पर्सामा ४ सय १४ गरि कुल १ हजार १ सय २१ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यस प्रदेशमा आज मात्रै सप्तरीमा ८७, सिरहामा ९, धनुषामा ७१, महोत्तरीमा २७, रौतहटमा ७९ र पर्सामा ९४ गरि ३ सय ६७ जनाको स्वाब संकलन गरिएको छ ।

प्रदेश २ को आठवटै जिल्लाका बिभिन्न ठाउँहरुमा निर्माण गरिएको ९ हजार ४ सय २० बेड क्षमताको १ सय ६९ वटा क्वारेन्टाइनमा अहिले ९२ जनालाई राखिएको छ भने १ हजार १ सय १० जनालाई होम क्वारेन्टाइनमा पठाइएको छ ।

प्रदेशका आठवटै जिल्लाको बिभिन्न ठाउँहरुमा सञ्चालनमा रहेको २ हजार ९ सय ६२ बेड क्षमताको आईसोलेशनमा सप्तरीमा २९, सिरहामा ५ सय ६५, धनुषामा ११, रौतहटमा ११, बारामा २ र पर्सामा १७ गरि ६ सय ३५ जनालाई भर्ना गरिएको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिए ।

त्यस्तै यस प्रदेशमा सप्तरीमा १ सय ९४, सिरहामा ९९, धनुषामा १ सय ७४, महोत्तरीमा २ सय १८, सर्लाहीमा ७९, रौतहटमा ७९, बारामा १ सय ७८ र पर्सामा १ सय ४५ गरि १ हजार १ सय ६६ जना होम आइसोलेसनमा रहेको उनले बताए ।

प्रदेश २ मा सबैभन्दा बढी पर्सा जिल्लामा २ हजार ८ सय ६६ जना संक्रमित भएका छन् । धनुषामा २ हजार १ सय १९, रौतहटमा २ हजार २६, सर्लाहीमा १ हजार ९ सय ६२, महोत्तरीमा १ हजार ६ सय ३१, सप्तरीमा १ हजार ४ सय ७७, बारामा १ हजार ४ सय ५३ र सिरहामा १ हजार ४ सय ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेश २ मा सक्रिय संक्रमितको संख्या १ हजार ८ सय १ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्म यस प्रदेशमा २८ महिला र १ सय ३३ पुरुष गरि १ सय ६१ जनाको मृत्यु भईसकेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म पर्सामा ४७, सप्तरीमा २३, बारामा १८, धनुषामा १८, महोत्तरीमा १६, सिरहामा १६, सर्लाहीमा १३, रौतहटमा ९ र एकजना भारतीयको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

No description available.
प्रतिक्रिया दिनुहोस्