प्रदेश १ मा ३३२ कोरोना सङ्क्रमित थपिए



मोरङ : पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३३२ जना कोरोना सङ्क्रमित थपिएका छन् जसमा १३२ महिला र २०० पुरुष छन ।

थपिएका सङ्क्रमितमा मोरङमा १४४ मध्ये ७१ विराटनगरमा, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा छ , सङ्खुवासभामा चार, इलाममा एक र प्रदेश बाहिरका पाँच जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सो अवधिमा ४६५ जना डिस्चार्ज पनि भएका छन् ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार ९८८ पुगेको छ भने अहिलेसम्ममा छ हजार ३९ जना निको भएर घर फर्किएका छन् । प्रदेशमा आज एक हजार १४४ सहित कुल एक लाख ४७ हजार ९९४ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्