मन्त्रालयद्वारा कोरोना निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक : क–कसले पाउँछन् ?



काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना निःशुल्क परीक्षण र उपचारसम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ ।

मापदण्ड अनुसार निःशुल्क उपचार पाउने विपन्नमा अशक्तको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गरेका, असहायको सिफारिस भएका वा स्वयंम घोषणा गर्ने, एकल महिलाको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गर्ने र अपाङ्गताको प्रमाणपत्र भएकाले पनि निःशुल्क परीक्षण र उपचार पाउनेछन् ।

यस्तै ७० वर्ष उमेर पुगेको नागरिकताको प्रमाणपत्र भएका वा स्वयंम घोषणा गर्नेहरुले पनि कोरोनाको निःशुल्क परीक्षण र उपचार पाउने मापदण्डमा उल्लेख छ ।

यसैगरी अग्रपक्तिमा खटिने स्वास्थ्यकर्मी, सफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत कर्मचारीलाई सम्बन्धित कार्यालयको परिचयपत्र वा सिफारिसका आधारमा कोरोनाको निःशुल्क परीक्षण र उपचार गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आइतबार मात्र कोरोनाको परीक्षण र उपचार आफ्नै खर्चमा गर्न भनेको थियो ।

प्रतिक्रिया दिनुहोस्