सरकारले हटायो ‘संघीय लोकतान्त्रिक गणतन्त्र’



नेपाल सरकार,मन्त्रिपरिषद्को गत असोज ११ गतेको निर्णयानुसार अब उप्रान्त मुलुकको औपचारिक नाम नेपालीमा ‘नेपाल’  र अंग्रेजीमा Nepal मात्र लेखिनेछ ।

यसअघि सरकारी लिखतमा नेपालीमा ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ र अंग्रेजीमा ‘Federal Democratic Republic of Nepal’ लेख्ने गरिन्थ्यो । त्यसैगरी विभिन्न कूटनीतिक नियोगबाट हुने पत्राचारमा पनि ‘Federal Democratic Republic of Nepal’ लेखिन्थ्यो ।

त्यसैगरी सोही दिनको क्याबिनेट बैठकले नेपालको संविधानको अंग्रेजी अनुवादमा प्रयोग गरिएका विभिन्न शब्दहरूको सट्टा नयाँ शब्द प्रयोग गर्ने निर्णयसमेत गरेको छ । जसअनुसार अबदेखि Village Body को सट्टा Rural Municipality, Village Assembly लाई Rural Municipal Assembly, Village Executive को सट्टा Rural Municipal Executive, Sub-Municipal Corporation लाई Sub-Metropolitan City लेख्नुपर्नेछ ।

त्यसैगरी,Municipal Corporation को सट्टा Metropolitan City, State लाई Province,State Law लाई Provincial Law, State Executive लाई Provincial Executive र State Council of Ministers लाई Provincial Council of Ministers,State Government लाई Provincial Government,Deputy State Speaker लाई Deputy Speaker of Province र State Speaker लाई Speaker of Province बनाइएको छ ।

बैठकले State Assembly लाई Provincial Assembly, State Legislature लाई Provincial Legislature, Chief of State लाई Chief of Province, Commander-in-Chief लाई Chief of the Army Staff र Supreme Commander-in-Chief लाई Supreme Commander लेख्नुपर्ने बनाइएको छ ।

जन आस्थाबाट

प्रतिक्रिया दिनुहोस्