घुससहित २ जना पक्राउ



धनुषा : धनुषामा घुससहित २ जना पक्राउ परेका छन्। जिल्लाको राईजोवियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला, जनकपुरधाममा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा. राम गुलाम यादव र पशु सेवा प्राविधिक जागेश्वर चौधरी घुस रकम ४०,००० सहित पक्राउ परेका हुन्।

उनीहरूले सम्पन्न भइसकेको निर्माण कामको विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस मागिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास महोत्तरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। 

प्रतिक्रिया दिनुहोस्