नुवाकोट : नुवाकोटको बट्टारमा शुक्रबार मोटरसाइकल र ट्रिपर एकआपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। गगटेबाट विदुरतर्फ आइरहेको बा५ख २८९८ नम्बरको ट्रिपरले ना३३प ३४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक २३ वर्षीय दिवाकर खनालको घटनास्थलमा नै मृत्यु भएको हो।
घटनामा खनालको मृत्युपछि आक्रोशित बनेका आफन्त र स्थानीयले ट्रिपरमा आगो लगाई क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले बताए।
ट्रिपर तीव्र गतिमा गुडिरहेकाले दुर्घटना भएको बताइएको छ। ट्रिपर धनीले मृतक परिवारलाई नियम अनुसार क्षतिपूर्ती दिने सहमति भएपछि शव बुझेका छन्। ट्रिपर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।