धनुषामा सवारी दुर्घटनामा परि एकको मृत्यु, दुई घाईते



जनकपुरधाम– धनुषामा सवारी दुर्घटनामा परि एक युवकको मृत्यु भएको छ भने अन्य दुई जना घाईते भएका छन् ।

जिल्लाको नगराइन नगरपालिकामा सोमबार मध्यराती मोटरसाइकल दुर्घटना हुँदा भारत बिहारको मधुबनी उमगाउँ घर भएका ४० वर्षीय शंकर महराको मृत्यु भएको हो ।

दुर्घटनामा परि मोटरसाइकलमा सवार भएका अन्य दुई जना घाइते भएका छन् । नगराइनबाट गंगुलीतर्फ आउने क्रममा बि।आर।३२ एबी ४१८३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा महराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीका अनुसार महरा नगराइन नगरपालिका वडा नम्बर–४ स्थित आफ्नो ससुराली आएका थिए । घाइतेद्धयको जनकपुरधामस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । उनीहरु नगराइनबाट गंगुलीतर्फ आउने क्रममा सडकमा अचानक कुकुर आएपछि गाडी अनियन्त्रित भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्