आफ्नो दायित्वबाट सरकार विमुख हुन मिल्दैन्- नेता नेपाल



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले महामारीका बेला नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन नमिल्ने बताएका छन् ।

कोरोना संक्रमितको उपचार खर्च आफैले व्यवहोनुपर्ने सरकारको निर्णयप्रति आपत्ती जनाउदै उनले नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित रहने एक विज्ञप्ति जारी गर्दै बताएका हुन् ।

त्यसैगरी उनले विभेदकारी, गैरजिम्मेवार र जनताप्रति अनुत्तरदायी निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेका छन्।

उनले विज्ञप्तीमा लेखेका छन्, ‘संकटका बेला राज्य सबै नागरिकको अभिभावकका रुपमा साथमा रहनुपर्ने बेलामा भएको यस्तो निर्णय विल्कुल अनुचित छ। यस्तो महामारीका बेला सबै नागरिकलाई समान रुपमा उपचार गराउनुपर्ने दायित्वबाट सरकार विमुख हुन मिल्दैन। त्यसमा पनि गरीबी, अभाव र बेरोजगारीले पिल्सिएका, बेसहारा तथा आर्थिक रुपमा विपन्न नागरिकको समस्या प्रति सरकार अत्यन्त संवेदनशील हुनुपर्नेमा नहुनु गम्भीर विषय हो।’

प्रतिक्रिया दिनुहोस्