हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै राप्रपाको २० लाख हस्ताक्षर संकलन



काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै करीब २० लाख हस्ताक्षर सङ्कलन गरेको छ। पार्टीले यही चैत १७ गतेदेखि देशभर सञ्चालन गरेको हस्ताक्षर अभियानमा सङ्कलन भएका ती हस्ताक्षर सरकारलाई बुझाइने प्रवक्ता भुवन पाठकले जानकारी दिए। 

यसअघि पार्टीले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राअन्तर्गत हिन्दू राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, सङ्घीयताबारे राष्ट्रिय जनमत सङ्ग्रह, राष्ट्रिय अखण्डताको रक्षाको माग गरेको थियो। मागका पक्षमा जनमत सिर्जना गर्न विभिन्न तहमा सङ्गठन विस्तार तथा राजनीतिक गतिविधि सञ्चालन गरेको प्रवक्ता पाठकले बताए।

प्रतिक्रिया दिनुहोस्