अति आवश्यक नभई घरबाहिर ननिस्कौं- प्रशासन



काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई अति आवश्यक नभई घरबाहिर ननिस्कन अपिल गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले मंगलबार विज्ञप्ती जारी गर्दै घरबाट बाहिर निस्कनैपर्ने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी मापदण्डको अनिवार्य पालना गर्न गराउन पनि आग्रह गरेका छन् ।

उनले जारी गरेको अपिलमा भनिएको छ, ‘व्यक्तिगत तथा सामूहिक रुपमा सचेतना अपनाई जो जहाँ छौं सोही ठाउँमा रही चाडबाड मनाऔं। अति आवश्यक नभई घरबाहिर ननिस्कऔं। घरबाट बाहिर निस्कनैपर्ने भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी मापदण्डको अनिवार्य पालना गरौं–गराऔं।’

दसैं नजिकिँदै गर्दा जिल्लाभित्रै तथा देशव्यापी रुपमा मानिसको आवतजावत तथा भीडभाडका कारण संक्रमणको जोखिम झन् बढ्न सक्ने प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्