सामाजिक सञ्जालबाट कर उठाउन महालेखाको सरकारलाई सुझाव 



काठमाडौं : महालेखा परीक्षकको कार्यालयले सामाजिक सञ्जालसँग पनि राजश्व असुल गर्न सरकारलाई सुझाव दिएको छ । महालेखाको ५६ औं प्रतिवेदनले ‘ओभर द टप’ अर्थात् इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने एप्लिकेसनसँग पनि राजश्व असुल्ने व्यवस्था गर्न सुझाव दिइएको हो ।

सरकारले सामाजिक सञ्जाल नेपालमा दर्ता गर्ने कानुन बनाउने प्रयास गरिरहेका बेला महालेखाको यो सुझाव आएको छ । इन्टरनेट सेवामार्फत इन्टरनेट टेलिफोन सेवा प्रदान गर्ने भाइबर, फेसबुक मेसेन्जर, स्काइप, ह्वाटस् एप, वीच्याट, इमो जस्ता एप्लिकेसनहरू नेपालमा निर्वाध रूपमा सञ्चालन भइरहेका छन्।

महालेखा परीक्षक टंकमणि शर्माले यस्ता एप्लिकेशनले सेवा प्रदान गर्नुपूर्व दर्ता हुनुपर्नेमा कुनै पनि सेवाप्रदायक संस्था दर्ता भएको नपाइएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्