कोरोनाको जोखिम बढ्दोः दसैंमा के खाने के नखाने ?



काठमाडौं– कोभिड संक्रमणको जोखिम बढ्दै गएको अवस्थामा चिल्लो खाद्य वस्तु कम खान पोषणविद् डा. मनसा थापा ठकुराठीले सुझाव दिएकी छन् ।

दशैंको समयमा छोटो अवधिमा धेरै प्रकारका खाद्य वस्तु खाँदा रोग प्रतिरोधात्मक क्षमतामा कमि आउने डा. ठकुराठीले बताइन् । खासगरी दशैंमा माछामासु, पेय पदार्थ, गुलियो पेय पदार्थ, मिठाइजन्य बस्तुहरुको उपभोग बढी गरिने प्रचलन रहेकाले त्यसलाई कम गर्न उनको सुझाव छ ।

कोभिड १९ संक्रमणसँग लडन पनि खानेकुरामा विशेष ख्याल गर्नुपर्ने र दशैंको बेला ख्याल नहुन सक्ने भन्दै विशेष ध्यान दिन उहाँले जोड दिएकी छन् । मासु र दहि शरिरका लागि आवश्यक खाद्य वस्तु भएकाले पनि ठिक मात्रामा खान आग्रह गरिन् । तर पेय पदार्थ, गुलियो पेय पदार्थ, मिडाइजन्य बस्तु नखादा सबैभन्दा राम्रो गर्ने उनको भनाई छ ।

छोटो अवधिमा अनियन्त्रिक किसिमबाट खानेकुरा खाँदा छिटो मोटोपन बढ्ने र त्यसले शरिरमा असजिलो ल्याउने मात्र नभई रोगब्याधी समेत आउन सक्ने भएकाले ख्याल गर्नुपर्ने डा. ठकुराठीले बताइन् ।

मोटो पन बढ्दा ब्लड प्रेसरमा उतारचढाव हुने, मुटुमा समस्या आउनसक्ने, रगतमा चिनिको मात्रा बढ्ने लगायतका समस्या आउने भएकाले पनि ध्यान दिनुपर्ने उनले बताइन् । दशैंका बेला मुला, काँक्रो, कागतिको सेवन दैनिक रुपमा गर्नपनि उनको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३७९ महिला र ४४३ पुरुष गरी ८२२ जना

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले कानून बनाउने सन्दर्भमा दलहरुमा प्रशिक्षणको कमी भएको बताएका छन् । जनमुखी

दाङ : हिजो (बिहीबार)सम्म दाङमा २८ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । २१ हजार

काठमाडौं : भारतका विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले नेपाल र भारत सँगै काम गर्न आवश्यक रहेको

गुल्मी : इस्मा गाउँपालिकामा आज बिहान जीप दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ ।सदरमुकाम

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको

काठमाडौं : १६ दिने अभियानका क्रममा गल्र्स किक र ग्लोबल एक्सन नेपालको आयोजनामा साइकल र्‍याली

काठमाडौं : यो संसारमा हरेक मानिस केही न केही सिप र कला लिएर जन्मेका हुन्छन्

काठमाडौं :सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त भएका छन् ।

दमौली : म्याग्दीबाट भैरहवा जाँदै गरेको लु २ ख ८८३ नम्बरको यात्रुवाहक बस आँबुखैरेनी मिलनचोकमा

काठमाडौं : ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको एक सर्वेक्षणमा एसियाका १७ देशमध्ये नेपालमा भ्रष्टाचार वृद्धिको अवस्था चिन्ताजनक

काठमाडौं : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व उपकुलपति एवं भौतिकशास्त्री केदारलाल श्रेष्ठको