ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



काठमाडौं : अरनिको राजमार्गअन्तर्गत बनेपाको भैसीपाटी चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

ना३ख ६७८३ नम्बरको मालवाहक ट्रकले काठमाडौंबाट बनेपातर्फ आइरहेको बा७९प ९३८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धुलिखेल ९ पात्लेखेतका २८ वर्षीय गणेश लामाको मृत्यु भएको हो। ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि बस्ने यशोदा हमाल गम्भीर घाइते भएकी छन्।

घाइते हमालको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए। ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्