जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई निर्विरोध चयन



काठमाडौं : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टी (जसपा) को संघिय परिषद अध्यक्षमा चयन भएका छन् ।

सोमबार र मंगलबार बसेको केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा डा. भट्टराईलाई अध्यक्ष बनाउने सर्वसम्मत निर्णय गरेको हो ।

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकीकरण हुँदा भएको समझदारी अनुसार भट्टराईलाई संघिय परिषद अध्यक्षमा नियुक्त गरिएको जसपा नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्